काठमाडौँ । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरीउको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बढुवा भएका २१ जनामध्ये २० जनालार्ई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. संज्ञा मल्ल, डा. दिवा शर्मा र डा. आशिष् दत्तले दर्ज्यानी चिह्न लगाएका हुन्।
बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक गङ्गा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत भएकाले सहभागी थिइनन्।







