तलब-भत्ता खान मात्र सांसद बैठकमा आउँछन् भन्ने आम बुझाइ छ, अब ई-हाजिरी सुरु गरौँ : सभामुख « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तलब-भत्ता खान मात्र सांसद बैठकमा आउँछन् भन्ने आम बुझाइ छ, अब ई-हाजिरी सुरु गरौँ : सभामुख


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकोले अबदेखि ई–हाजिरी सुरु गर्ने बताएका छन् ।

आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले ई–हाजिरी सुरु गर्नेबारे छलफल गरेको हो ।

छलफलका क्रममा सभामुख घिमिरेले राष्ट्रिय सभामा भएको ई–हाजिरी प्रतिनिधि सभामा पनि लागू गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ। सांसद तलब-भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ। दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद सचिवालयलाई ई–हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’

सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम ३ दिनभित्र बुझाउन आग्रहसमेत गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस