निजामती कर्मचारी संगठन विघटन गर्न सांसदको माग   « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

निजामती कर्मचारी संगठन विघटन गर्न सांसदको माग  


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा बैठकमा निजामती कर्मचारी संगठन विघटन गर्न माग गरिएको छ । राष्ट्रिय सभा सदस्य जीतेन्द्र देवले देशमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन ल्याउने हो र सेवा प्रवाह सुधार गर्ने हो भने निजामती कर्मचारी संगठनलाई बिघटन गर्नुपर्ने बताएका हुन् ।

‘म रेकर्ड गर्न चाहन्छु’ सांसद देवले भने ‘निजामती कर्मचारी संगठनलाई बिघटन गर्नुपर्छ’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दलीय क्याडर नियुक्ति नरोके भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन् । ‘सुशासन कायम कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टीहरूले आफ्ना क्याडर बाँडफाँड गरेर भागबण्डामा संरचना गर्ने हो भने त्यो अख्तियारले केही गर्न सक्दैन’ सांसद देवले भने । 

त्यसका लागी दलका नेताहरूले जिम्मेवार ढङ्गले सोच्नुपर्ने बताउँदै त्यस्ता संस्थाहरूमा प्रतिस्पर्धी र योग्यता प्रणालीबाट नियुक्त गर्नुपर्ने उनको सुझाव छ । 

थप अपडेटसहित भिडियो समावेश गरिएको छ । -सम्पादक

Tags :
प्रतिक्रिया दिनुहोस