उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : मन्त्री खड्का « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : मन्त्री खड्का


८ बैशाख २०८०, शुक्रबार


अवरुद्ध राजमार्ग तत्काल सञ्चालनको व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले यस्तो बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली कोरिडोरलाई प्राथमिकतामा राखिने बताए । “अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौँ,” खड्काले भने ।

यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 

साथै, हाल रत्नराजमार्गको सडकको डीपीआर तयार भएर अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिमलाई सङ्घीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमिकतामा पारिने बताए ।

“सम्माननीय प्रधानमन्त्री र म चुनावी अभियानको क्रममा कर्णाली आउँदा हामीले चुनाव जित्यौँ भने त्यसपछि बन्ने सरकारले बजेटमा प्राथमिकता पार्छौँ भनेका थियौँ,” मन्त्री खड्काले भने,  “यो कुरामा हामी प्रतिबद्ध छौँ । विगतमा यो प्रदेश पछाडि परेको अवस्था हो त्यसलाई चिर्दै अगाडि बढ्दैछौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस