भारतीय पूर्व सांसद अतिक अहमद र उनका दाजुको हत्या  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

भारतीय पूर्व सांसद अतिक अहमद र उनका दाजुको हत्या 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको हत्या भएको छ ।

प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला अतिक र अशरफमाथि गोली प्रहार भएको थियो । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनीमाथि एक व्यक्तिले नजिकैबाट टाउकोमा गोली हानेको देखिएको छ । उनीहरूलाई गोली लागेको दृश्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । 

प्रहरीका एक अधिकारीका अनुसार पत्रकार बनेर आएकाहरूले गोली हानेको र गोली हानेकाहरूले घटनास्थलमै आत्मसमर्पण गरेका थिए ।

अतिक अहमद र उनका भाइ अशरफलाई १० वटा भन्दा बढी गोली लागेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस