कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, सुगम मात्र खोज्छन् : मन्त्री मोदी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, सुगम मात्र खोज्छन् : मन्त्री मोदी


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी दुर्गममा जान नचाहने प्रवृत्ति देखिएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुगममा मात्र बस्न चाहने र दुर्गममा जान नचाहने कर्मचारी बढेको बताएका हुन् । 

“५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौँ वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ,” उनले भने, “म एकरूप सरुवा प्रणालीमा कटिबद्ध छु । भर्खर आएको छु, मन्त्रालयमा बुझ्दै छु ।”

पठाएका कर्मचारी हाजिरै गर्नसमेत नगएको भेटिएको उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस