२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिल्स टि-२० क्रिकेटको उपाधि नरपथगञ्जलाई

अ+ अ-

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगिताको उपाधि भारत विहारको राहुल–११ नरपथगञ्जले जितेको छ ।

विराटनगरको जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगञ्जले उपाधि जितेको हो । जितसँगै नरपथगञ्जले रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता विराटनगरले ५१ हजार प्राप्त गरेको छ ।

एक सय ५८ रनको लक्ष्य पछ्याएको नरपथगञ्जले १८ दशमलव दुई बलमा सात विकेट गुमाई पूरा गर्‍यो । नरपथगञ्जका भानु आन्दले ३५ बल खेल्दै छ छक्का र चार चौका प्रहार गर्दै ६३ रन बनाए । उनी प्लेयर अफ द म्यान घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । नरपथगञ्जका विजय भारतीले ३६ रन र साहिल कुमारले २५ रन बनाए ।

विराटनगरका विधान गोस्वामीले चार विकेट लिए भने साकिबुल गनीले दुई र मोहित कुमारले एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको एनबीएससीले १९ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । विराटनगरका रोहन बिकेले ४४ रन, प्रशान्त कुमारले २२ रन र विपिन सौरवले २१ रन बनाए । नरपथगञ्जका लागि अमन सिंह, सक्षम शर्मा, रबडा र साहिल कुमारले समान दुई-दुई विकेट लिए ।

उत्कृष्ट ब्याटर नरपथगञ्जका अभिषेक पाठक भए भने उत्कृष्ट बलर एनबीएससी विराटनगरका अनुभव श्रीवास्तव बने । प्लेयर अफ द सिरिज एनबीएससीका विधान गोस्वामी घोषित भए । उनीहरूले जनही १५ हजार प्राप्त गरे । उदयमान खेलाडी मिल्स एकेडेमीका अभय कुर्मी भए । उनले नगद पाँच हजार प्राप्त गरे ।

विजेता टोलीलाई नेपाल क्रिकेट सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह र वरिष्ठ सल्लाहकार नरेश श्रेष्ठ, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य साना डङ्गोल, मिल्स क्रिकेट एकेडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस