२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हाल सर्लाहीको हरिपूर्वा ५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने अवैध प्रक्रियामा संलग्न रहेको भन्दै उनीहरूविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षकमा नियुक्त गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उपसचिव तिमिल्सिना र डिम माविका तत्कालीन प्रअ बरालको मिलेमतोमा उच्च मावि अध्यापनका लागि शिक्षक रायको नक्कली कागजात बनाएर नियुक्त गरिएको अख्तियारले जनाएको छ ।

‘साबिक श्री डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य हाल राम अवतार जनता माध्यमिक विद्यालय, हरिवन, सर्लाहीका प्रधानाध्यापक नारायण प्रसाद बरालले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साबिक डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको निर्णयानुसार भनी उच्च माध्यमिक शिक्षक, शिक्षक अनुदान कोटातर्फको अर्थशास्त्र विषयको शिक्षक पदमा करार नियुक्त गरेको भनी नक्कली लिखत बनाई वदनियतपूर्वक नियुक्तिको लिखत तयार गरी सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न माग दाबी लिइएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस