राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरेका छन् ।

आज बिहान राष्ट्रपति पौडेलसँग भेटका लागि शीतल निवास आउनुभएका विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्य दूतलाई उनले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी काम गर्नुपर्नेमा जोड दिए ।

वाणिज्य दूतका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवर्द्धनमा समेत आफूहरूले प्रभावकारी ढङ्गले काम गर्दै आएको बताए ।

उनीहरूले राष्ट्रपति पदमा निर्वाचित भएका राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस