२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाको मेची नगर सरुवा गरिएका उपसचिव रमाना बुझ्दा इलामको माईनगर !

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक कर्मचारीलाई एकै दिन दुई पटक सरुवा गरेको पाइएको छ । मन्त्रालयले उपसचिव महेन्द्र विश्वकर्मालाई एकै दिन दुई ठाउँमा सरुवा गरेको हो । 

मन्त्रालयको वेबसाइटमा राखेको मिति २०७९ फागुन १६ को निर्णयमा विश्वकर्मालाई झापाको मेचीनगर नगरपालिकामा सरुवा गरिएको छ । तर, उनले बुझेको रमाना पत्रमा २०७९ फागुन १६ कै निर्णयमा इलामको माईनगर नगरपालिका सरुवा गरिएको उल्लेख छ । 

मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएको थाहा पाएर जाने तयारी गरिरहेका विश्वकर्माले बुझेको पत्रमा माई नगरपालिकामा खटाइएको थियो । ‘मन्त्रालयको वेबसाइटमा मेचीनगरमा सरुवाको थाहा पाएर जाने तयारी गरेको थिए । तर, पत्रमा भने माई नगरपालिका खटाइएको रहेछ,’ उनले भने, ‘मेचीनगरबाट माई नगरपालिकामा कुन कारणले सरुवा भयो थाहा छैन । म मेचीनगर पनि जान तयार नै थिए । अब माई नगरपालिका जाँदै छु ।’

एकै दिन दुई पटक भएको सरुवालाई मन्त्रालयले सामान्य घटना भएको जनाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अधिकारीले भने, ‘उहाँ (महेन्द्र विश्वकर्मा)को सरुवा संशोधन भएको हो । यो सामान्य घटना हो । बेलाबेला यस्तो हुने गर्दछ ।’ 

माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । सरुवाबारे मौखिक रूपमा जानकारी आएको तर पत्र भने आई नसकेको अधिकारीले बताए । 

त्यसो त मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने नगरपालिकाका रूपमा चिनिन्छ । साथै छोटो अवधिमा प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने स्थानीय तहका रूपमा पनि मेचीनगर चर्चित छ । मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कर्मचारीहरू आउन नमान्ने र आएकाहरू पनि स्थानीय कर्मचारी र जनप्रतिनिधिहरूको असहयोगका कारण काम गर्न सहज नहुने भन्दै छिटो छिटो सरुवा लिएर जाने गर्दछन् । 

केही समय अघि मात्रै कर्मचारी र जनप्रतिनिधिहरू बिच विवाद हुँदा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको अधिकार कटौती गरेको विषय सार्वजनिक भएको थियो । 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नेदेखि बजेट खर्च गर्ने अधिकारसम्म रोक

नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईलाई बजेट खर्च गर्न दिएको अख्तियारी फिर्ता गरेको पत्र थमाएका थिए । 

पछिल्लो समय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै बेथितिलाई बेवास्ता गरेको तथा मन्त्रालयकै केही अधिकारीहरूले यस्तै अस्थिरतामाथि खेल्ने गरेको देखिन्छ । विशेष गरी कर्मचारी सरुवा मन्त्री सचिवालय तथा प्रशासन महाशाखा हाबी हुँदा सरुवा थप भद्रगोल भएको र मोलमोलाइसमेत हुन थालेको भन्दै कर्मचारीभित्र व्यापक असन्तुष्टि रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस