२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे संसद विघटनको बचाउ

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बचाउ गरेको छन्।

एमालेबाट राष्ट्रियसभा अध्यक्ष भएका तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ र १०७८ माघ ९ गते गरेको संसद विघटनको समर्थन गरेका हुन्।

उनले सरकारले काम नै गर्न नसक्ने अवस्थामा संसद विघटन गरेर जनतामा जाने कुरा संसार भरकै अभ्यास भएको टिप्पणी गरे। बुधबार पारिवारिक निजी वन सङ्घ नेपालको ९औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिना संसद विघटनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

उनले भने, ‘संसद विघटन गर्ने कुरा दुनियाँमा जहाँ पनि जनप्रतिनिधिमूलक संस्था ठिकै ढङ्गले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो। नेपालमा त्यो भइरहेको थियो। अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ। संविधानले त्यही भनेपछि त त्यही भन्नुपर्छ । तर कस्तो विडम्बना केही नगरेर, केही नदिने, भागबण्डा गरेको छ, पार्टी फुटायो, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबण्डा ग¥यो, मन्त्री बाँड्यो, त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने। बरु चुनाव गर्‍यो, अर्को कोही नयाँ आउँथ्यो, नयाँ आएर बहुमत ल्याउँथ्यो, त्यस्तो भएन। हामी आफ्ना बानी सुधार नगर्ने, नियम, ऐन, कानूनलाई दोष दिने। परिवर्तन गर्ने भन्ने, परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँ पुग्छौँ।’

तिमिल्सनाले संविधानमा संसद विघटन नहुने व्यवस्था राखेकोप्रति नै असन्तुष्टि जनाए।

प्रतिक्रिया दिनुहोस