बैठक छोडेर सांसदहरू बाहिरिएको भन्दै उपसभामुखको असन्तुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैठक छोडेर सांसदहरू बाहिरिएको भन्दै उपसभामुखको असन्तुष्टि


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । 

मङ्गलवार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले बैठकमा खालि सिट देखिन थालेको बताइन् ।

उनले प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । उनले आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् । उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनी प्रश्न समेत गरिन् । उपसभामुख रानाले संसदमा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन् ।  

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । आफू उपसभामुखको रूपमा काठमाडौँमा मात्र नबसी जनताका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने उनले उल्लेख गरिन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस