राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी छिन्।

मङ्गलवार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपति निर्वाचनपछि हुने बताएकी हुन्। नयाँ गठबन्धन बनेको र को-को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुङ्गो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उनले बताइन्।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने जानकारी उनले गराइन्। राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नु परेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन्।

Tags :
प्रतिक्रिया दिनुहोस