२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लघु-वित्तिय संस्थाहरू खारेज गर्न सङ्घर्ष समितिको अपिल

अ+ अ-

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूद्वारा रोक्का गरिएका घर जग्गाहरू धितो लिलामी रोक्का गर्न लघुवित्तिय संस्थाविरुद्धको सङ्घर्ष समितिले मालपोत कार्यालयलाई आग्रह गरेको छ । मङ्गलवार सङ्घर्ष समितिको केन्द्रीय पदाधिकारीले लुम्बिनी प्रदेशको गुल्मीस्थित तम्घास मालपोत कार्यालयसहित देशैभरिका ७७ वटै जिल्ला मालपोत कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

लघुवित्त कम्पनीहरूले राष्ट्र बैंकको निर्देशन विपरीत गाउँ गाउँमा गरिब किसानलाई थप गरिब बनाउने गरी चक्रीय ब्याजमा कर्जा लगानी गरेको, १५ देखि २० प्रतिशत ब्याज लगाएको र कर्जा प्रवाहमा नियम विपरीत २ देखि ३ प्रतिशतसम्म सेवा शुल्क लिई वित्तीय अपराध गरेको आरोप लगाएको छ । यस्ता गलत कार्य गर्ने लघुवित्तहरूको दर्ता नै खारेज गर्न सङ्घर्ष समितिले सरकारसँग आग्रह गरेको छ । 

नेपाल सरकारको मुलुकी ऐन २०७४ परिच्छेद १५ को ४७८ (२) उपदफा १ बमोजिम साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुने छैन भन्ने कानुनी प्रावधानलाई समेत उछिन्दै लघुवित्त कम्पनीहरूले मनलाग्दी ब्याजदर निर्धारण गरी गरिब निमुखाहरूलाई लुटिरहेको सङ्घर्ष समितिले आरोप लगाएको छ । 

लघुवित्तका कारण समाज झन् गरिबिको रेखामुनी आउने र लघुवित्तिय संस्थाका शेयरधनीहरु खरबपति बन्ने बाहेक उपलब्धी नहुने देखिएको सङ्घर्ष समितिको भनाइ छ । यस्तो कार्य रोक्न सङ्घर्ष समितिले लघुवित्तिय संस्थाहरूको खारेजी गर्न समेत सरकारसँग माग गरेको छ । 

५ बुँदे माग :

१. नवसामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर । 

२. लधुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामूहिक ऋण मिनाह गर । 

३. आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर ।

४. आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर 

५. समाजवादी अर्थतन्त्रको विकास गर ।

प्रतिक्रिया दिनुहोस