विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा


२८ माघ २०७९, शनिबार


काठमाडौँ । लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसी (नमुना)ले पदबाट राजीनामा दिएकी छिन् ।

मन्त्री भएको लामो समयसम्म पनि कुनै जिम्मेवारी नपाएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘लामो समयदेखि जिम्मेवारी नपाउने, पार्टीको भूमिकाप्रति आपत्ति जनाउँदै मन्त्रीज्यूले राजीनामा दिनुभएको हो’, स्रोतले भन्यो । केसी बाँके क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन् ।

पुस २७ गते केसीले मन्त्रीको रूपमा शपथग्रहण गरेकी थिइन् । तर, एक महिनासम्म पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । मुख्यमन्त्री गिरीसहित एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी मन्त्री भएका थिए । तर, भागबण्डा नमिलेपछि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस