राजीनामा बुझाउन जाँदै मुख्यमन्त्री रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजीनामा बुझाउन जाँदै मुख्यमन्त्री रावल


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । संविधानमा गरिएको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिने बताएका छन् । 

प्रदेश सभामा आफूले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि बाहिरिँदै गर्दा मुख्यमन्त्री रावलले केही बेरपछि राजीनामा बुझाउने बताए । 

जोशीलाई २७ पुसमा रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले संसदीय दलका नेता रावललाई त्यसवेला माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो । 

तर, सात सांसद रहेको उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै रावललाई विश्वासको मत दिन अस्वीकार गरेको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस