२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सन्दीपको कानुनी अवस्थाबारे सचेत छौँ’

अ+ अ-

काठमाडौँ । नाबालिक बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टिममा राखिएको र उनको कानुनी स्थितिबारे आफूहरू सचेत रहेको क्रिकेट स्कटल्यान्डले जनाएको छ।

क्रिकेट सम्बन्धी समाचार पोर्टल क्रिकइन्फोमा प्रकाशित समाचारअनुसार सन्दीपलाई टिममा राख्ने वा नराख्ने नेपाल क्रिकेट सङ्घ (क्यान) र आइसिसीले विचार गर्नु पर्ने विषय भएको क्रिकेट स्कटल्यान्डले बताएको छ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एक दिवसीय सिरिज आगामी फागुन २ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

सो सिरिजका लागि सन्दीप १४ जनाको अन्तिम टिममा परेका समेत क्रिकइन्फोले जनाएको छ। आइसिसीमा दर्ताका लागि पठाइएको १४ जना नेपाली खेलाडीको सूचीमा सन्दीप पनि समावेश छन्। यद्यपि क्यानले औपचारिक रूपमा नेपालको अन्तिम टिम घोषणा गर्न बाँकी छ।

गत भदौमा नाबालिक बलात्कारको अभियोग लागेपछि निलम्बित सन्दीपलाई दुई साताअघि क्यानको बोर्ड बैठकले निलम्बन फुकुवा गरेको थियो। जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहे पनि सन्दीपलाई थुनामुक्त गरेर अनुसन्धान गर्न उच्च अदालतले आदेश दिएपछि सन्दीप २० लाख धरौटी बुझाएर थुना मुक्त भएका थिए। यद्यपि उनलाई देशबाहिर जान प्रतिबन्ध छ भने काठमाडौं बाहिर जान अनुमति लिन पर्छ।

मुद्दा चलिरहेको अभियुक्तलाई राष्ट्रिय टिममा स्थान दिएको भन्दै विरोध भएपछि क्रिकेट स्कटल्यान्डलाई पनि यसबारे प्रश्न गरिएको थियो।

‘क्रिकेट स्कटल्यान्ड आगामी आइसिसी क्रिकेट विश्वकप लिग-२ अघि नेपालका सन्दीप लामिछानेको कानुनी स्थितिको बारेमा आएका रिपोर्टहरूबारे सचेत छ । प्रशासनिक निकायको रूपमा, एक टोलीको रूपमा क्रिकेट स्कटल्यान्ड सबै प्रकारका दुर्व्यवहारहरूविरूद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन । यी खेलहरूमा खेलाडीको उपलब्धता नेपाल क्रिकेट सङ्घ र आइसिसीले विचार गर्नुपर्ने विषय हो,’ क्रिकेट स्कटल्यान्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस