राष्ट्रपति भण्डारीले दिइन संघीय सांसदहरूलाई निम्तो « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

राष्ट्रपति भण्डारीले दिइन संघीय सांसदहरूलाई निम्तो


२५ माघ २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट सबै सांसदलाई राष्ट्रपति निवास शीतल निवासमा बोलाएकी छन्।

राष्ट्रपति भण्डारीले माघ २७ गते संघीय संसदमा सम्बोधन गर्दै छिन्। राष्ट्रपतिमा दोस्रो कार्यकालको अन्तिम सम्बोधन गर्ने भण्डारीले भोलिपल्ट माघ २८ गते दिउँसो ३ बजे सांसदहरूलाई शीतल निवास बोलाएकी हुन् । 

प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना आदानप्रदान गर्ने बेहोराको एसएमएस पठाएर राष्ट्रपति कार्यालयले निम्तो दिएको एक सांसदले बताए । नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते चुनाव हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस