एमालेसहितको सरकारमा हामी जाँदैनौँ : राजेन्द्र पाण्डे « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेसहितको सरकारमा हामी जाँदैनौँ : राजेन्द्र पाण्डे


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने बताएका छन् । 

अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने पाण्डेले बताए ।

‘हाम्रो नीति तत्काल सरकारमा सहभागी हुने भन्ने छैन । सरकारमा जान प्रधानमन्त्री ज्यूले प्रस्ताव गर्नुपर्‍यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्ने पर्‍यो । त्यसै सरकारमा जाने भन्ने हुँदैन’ पाण्डेले भने, ‘अहिले एमालेसहित अरु पार्टी सरकार हुँदा हामी जाँदैनौँ ।’ 

उनले एमाले बाहेक पुरानै गठबन्धन ब्यूताउन गृह कार्य भइरहेको पनि बताए । 

त्यसका लागि दलहरूले समेत भूमिगत रूपमा संवाद जारी राखेको उनले बताए । रास्वपा सरकारबाट बाहिर निस्किएपछि भूमिगत संवादले तीव्रता लिएको नेताहरुले बताएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस