नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा १० वर्षअघि नै कैलाली जिल्ला अदालतबाट ६ महिनाका लागि कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका फरार सांसद अरुणकुमार चौधरी पक्राउ परेका थिए ।

कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई बाँके प्रहरीले बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस