पाकिस्तानमा विस्फोटबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानमा विस्फोटबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो


१८ माघ २०७९, बुधबार


इस्लामाबाद । पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलबार अझै शव निकाल्ने क्रम जारी छ। पछिल्लो विवरणअनुसार सय जनाले ज्यान गुमाएको पुष्टि भएको छ। २ सयभन्दा बढी घाइते भएका छन्।

अस्पतालबाट मंगलबार एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ। मैले बाँच्नका लागि सबै आशा गुमाएको थिएँ।’

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसो प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटना लगातार बढिरहेको छ।

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन्। त्यसैगरी २ सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्। सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए। जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस