‘रविको फैसलाको पूर्णपाठ नआएसम्म गृह प्रधानमन्त्रीसँगै रहन्छ’ « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

‘रविको फैसलाको पूर्णपाठ नआएसम्म गृह प्रधानमन्त्रीसँगै रहन्छ’


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै रहने बताएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महराले भने,‘फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ ।’

उनले आफ्नो पार्टीले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्ने बताए । उनले भने, ‘राष्ट्रपतिमा सहमति कायम गर्ने प्रयास गर्छौँ । एमालेसहितको सहमति कायम हुन सक्नेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस