कर्मचारीको सम्पत्ति छानबिन गर्ने मेयर बालेनको तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीको सम्पत्ति छानबिन गर्ने मेयर बालेनको तयारी


१६ माघ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेका छन् । यसका लागि उनले अख्तियार अनुसन्धान दुरुपयोग आयोग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग समन्वय गरिरहेको बुझिएको छ ।

काठमाडौँ महानगरपालिकाका विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव, नगर प्रहरीलगायत करिब २१ सय कर्मचारीमध्ये ३५ देखि ४० जना कर्मचारीको सम्पत्ति छानबिन गर्न लागिएको महानगर स्रोतले बतायो ।

नगरवासीका कामहरू चाँडो गर्न र कुनै पनि बहानामा दुःख नपाउने गरी सम्पन्न गर्न मेयर साहले निर्देशन दिए पनि सेवाग्राहीबाट निरन्तर रूपमा गुनासो र भ्रष्टाचारको गुनासो आउन थालेपछि बालेनले उक्त निर्णय लिएको ती स्रोतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस