रवि लामिछानेलाई फेरि गृहमन्त्री नबनाउन माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रवि लामिछानेलाई फेरि गृहमन्त्री नबनाउन माग


१६ माघ २०७९, सोमबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री नबनाउन माग गरेका छन् । 

अध्यक्ष ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृहमन्त्री नबनाउन सरकारसँग माग गरेका हुन् । 

ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गरे ।

नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको उनले बताए । 

सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस