२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्रालय माओवादीले पाउनुपर्नेमा नेताहरुको जोड, प्रचण्ड दबाबमा

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा गृह मन्त्रालयका विषयमा नेताहरूले जोडदार रूपमा बोलेका छन् । नेताहरूले गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् ।

पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृहमन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् ।

‘प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्छ । अहिले कुनैपनि मन्त्रालय माओवादीको भागमा छैन’ बैठकका सहभागी एक पदाधिकारीले भने, ‘अहिले रवि जीले गृहमन्त्रीबाट राजीनामा दिएपछि पार्टीले लिनुपर्छ । पार्टीले लिएपछि जो गएपनि हुन्छ ।’

रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा राखेका छन् ।

‘अहिले रवि जीको मुद्दा किनारा लागि सकेको छैन । अर्को तत्काल गैर सांसदलाई मन्त्री बनाउनु हुँदैन त्यस निर्णयले सरकारको आलोचना बढ्छ’ ती पदाधिकारीले भने, ‘यस्तो अवस्थामा रवि जीको पार्टीबाट गृह मन्त्री हुने प्रोफाइलको नेता छैनन् । यस्तो अवस्थामा माओवादीले सम्हाल्नुपर्छ ।’

सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् । सत्ता जोगाउने नाममा अनुचित काम नगर्न प्रचण्डलाई नेताहरुको सुझाव छ । यदि गृह माओवादी भागमा आएमा शक्ति बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका हुन् ।

प्रतिक्रिया दिनुहोस