३ वटै सरकारी बैङ्कहरू मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर अधिकारी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

३ वटै सरकारी बैङ्कहरू मर्जरमा जान तयार हुनुपर्छ : गभर्नर अधिकारी


१० माघ २०७९, मंगलबार


काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैङ्कहरू पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैङ्कको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैङ्कको पछिल्लो मर्जर नीतिले बैङ्कहरूको पुँजी निर्माण ठुलो काम गरेको छ । यसले बैङ्कहरूको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।’

मर्जर नीतिलाई थप जोड दिँदै गभर्नर अधिकारीले भने, ‘बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जर नीति निरन्तर प्रक्रिया हो । आवश्यक परे सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैङ्कहरू पनि मर्जरका लागि तयार हुनुपर्छ’ गभर्नरले भने ।

सोही अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैङ्कले लिने हरेक नीति मुलुकको समग्र अर्थतन्त्रको विकास र वित्तीय व्यवस्थापनकै लागि नै हुने बताए ।

सोही अवसरमा गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक स्थिति सहजातर्फ उन्मुख हुँदै गएको बताउँदै आयातमा लिइएको नियन्त्रणको नीति समेत खुकुलो गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस