विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाल पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाल पक्राउ


९ माघ २०७९, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।

उनलाई भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो ।

यात्रा सहज बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

उनको साथबाट झन्डै ८ लाख रुपैयाँ बरामद भएको र नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस