‘प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन’


८ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले  संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरूको दाबी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ । 

४९ औँ पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेनको नभई सिद्धान्तको आधारमा चल्ने बताए । 

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपालाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने जिकिर गरे ।  कार्यक्रममा ७० वर्ष उमेर नाघिसकेका ११ जना कार्यकर्ताहरूलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस