जनकपुरका २ युवाको अपहरणपछि हत्या, पाँचजना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनकपुरका २ युवाको अपहरणपछि हत्या, पाँचजना पक्राउ


८ माघ २०७९, आइतबार


काठमाडौँ । जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशङ्कामा पाँचजना पक्राउ परेका छन् । 

नेपाल प्रहरीले दुई युवाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् । भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशङ्कामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन ।   

दुई साताअघिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नं. १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको थियो । मृतक दुवैजना एकै परिवारका हुन् । 

रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको थियो । अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरूले बताएका छन् । 

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । घटनाका बारेमा विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएका थिए । 

सम्बन्धित समाचार : जनकपुरका दुई युवकको भारतमा अपहरण गरी हत्या

Tags :
प्रतिक्रिया दिनुहोस