जनकपुरका दुई युवकको भारतमा अपहरण गरी हत्या « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनकपुरका दुई युवकको भारतमा अपहरण गरी हत्या


८ माघ २०७९, आइतबार


जनकपुरधाम। अपहरणपछि जनकपुरधामका दुई युवकलाई भारतमा हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका ८ का रोहित साह र १३ का विष्णु साहको भारत बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको हो ।

रोहितले बिष्णुलाई लिएर आफन्तको घरमा गएका बेला करिब १३ दिनदेखि सम्पर्कविहिन रहेका दुबै जना सोही स्थानमा मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । मृतक दुबैजना परिवारका सदस्य हुन् ।

आफन्तको घरबाट अपहरणमा परेर सम्पर्कविहिन भएका बेला भारतीय मोबाइल नम्बरबाट फिरौंतीको लागि फोन आएको थियो । तर फिरौंती लिनुअघि नै उनीहरुको हत्या भएको छ ।

अपहरणकारीले उनीहरुको परिवारजनसँग सुरुमा ५० लाख मागेको थियो भने पछि फिरौंती रकम २० लाख मागेका थिए । अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।

विष्णुका पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो । आइतबार बिहान भेटिएको शव सनाखतका लागि भारतीय प्रहरीले मृतकका परिवारलाई खबर गरेको थियो ।

मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ । शव नेपाल प्रहरीलाई बुझाउने तयारी समेत भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस