प्रधानमन्त्री र गृहमन्त्री पोखरा नजाने  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री र गृहमन्त्री पोखरा नजाने 


१ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरू जाँदा उद्धार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस