२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलब भत्ता नपाएपछि कर्मचारी आन्दोलित, एक महिनादेखी कामकाज ठप्प

अ+ अ-

काठमाडौँ । तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकाका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण नगरपालिकाको सेवा एक महिनाभन्दा बढी समयदेखि ठप्प भएको हो।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभएका कारणले नगरपालिकाका सबै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकामा नियमित खोप कार्यक्रमसमेत प्रभावित भएको स्थानीयको गुनासो छ । करिब ६ महिनादेखिको तलब भत्ता नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकामा सबै प्रकारका नियमित खोप सेवा बन्द भएका छन् ।

नियमित खोप कार्यक्रम प्रभावित भएका कारणले बालबालिकाहरूमा प्राणघातक रोगको जटिलता आउने खतरा देखिएको छ। जन्मदेखि १५ महिनासम्मका बालबालिकाहरूलाई दिइने विभिन्न प्रकारको नियमित खोप सेवा बन्द भएको छ । बालबालिकालाई बी सी जी, पेन्टा, पोलियो, एफ आई टी भी, निमोनियाबाट जोगाउनका लागि पीसीभी, दादुरा रुबेलासहितका १३ वटालक्षित खोप दिने गरिन्छ ।

मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयका खोप अधिकृत रामउद्गार झाले खोप नलिएको खण्डमा समस्या आउने जोखिम रहेको बताए ।

नगरपालिकाका मेयर तथा उपमेयरबीचमा योजनाको सञ्चालन तथा अनुगमनसहितको विषयमा नीतिगत विवाद भएका कारणले बजेट कार्यक्रम पास हुन नसकेपछि कर्मचारीहरूले तलब पत्ता नपाएका हुन् । पटक पटक प्रयास गर्दा समेत समस्या समाधान नभएको बताउँदै खोपजस्तो संवेदनशील विषय बन्द हुनु चिन्ताको विषय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए ।

सम्बन्धित समाचार : १२ दिनदेखी कर्मचारी आन्दोलित, मेयर र उपमेयरको पुतला दहनसँगै कार्यालयमा ढुँगामुडा

सम्बन्धित समाचार : तलब नपाएपछि कर्मचारी आन्दोलित, ५ दिनदेखि पालिकाद्वारा सेवा प्रवाह बन्द

प्रतिक्रिया दिनुहोस