१२ दिनदेखी कर्मचारी आन्दोलित, मेयर र उपमेयरको पुतला दहनसँगै कार्यालयमा ढुँगामुडा  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१२ दिनदेखी कर्मचारी आन्दोलित, मेयर र उपमेयरको पुतला दहनसँगै कार्यालयमा ढुँगामुडा 


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । कर्मचारीहरूको आन्दोलनका कारण धनुषाको नगराइन नगरपालिकाको कामकाज विगत १२ दिनदेखि ठप्प भएको छ ।

कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ ।

साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका कर्मचारीहरू, शिक्षकलगायत आन्दोलनमा रहेको प्रमुख प्रशासकिय अधिकृत राम गुलाम लाल कर्णले प्रशासनलाई बताए ।

अधिकृत कर्णले प्रशासनलाई बताए अनुसार नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आबद्ध जनप्रतिनिधिहरूले असार १० मा हुने नगरसभा अहिलेसम्म हुन दिएका छैनन् ।

नगरपालिकाभित्रका कार्यालयका कर्मचारी, विद्यालयका शिक्षकहरूले साउनदेखि तलब सुविधाहरू पाएका छैनन् । दशैँ, तिहार, छठ लगायतमा पनि कर्मचारी तथा शिक्षकले सेवा सुविधा नपाएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । 

विद्यार्थी र कर्मचारीले मेयर तथा उपमेयरको पुतला समेत जलाएका छन् भने गाडीमा पनि तोडफोडसँगै कार्यालयमानसमेत  ढुँगामुडा गरेका छन् ।  

यता कर्मचारीहरूको आन्दोलनप्रति विद्यार्थीहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस