तलब नपाएपछि कर्मचारी आन्दोलित, ५ दिनदेखि पालिकाद्वारा सेवा प्रवाह बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तलब नपाएपछि कर्मचारी आन्दोलित, ५ दिनदेखि पालिकाद्वारा सेवा प्रवाह बन्द


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । कर्मचारीहरूको आन्दोलनका कारण धनुषाको नगराइन नगरपालिकाको कामकाज विगत ५ दिनदेखि ठप्प भएको छ ।

कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत नगरपालिकाको कार्यालयबाट हुने सेवा प्रवाह सबै बन्द छ ।

साउनदेखि तलब नपाएको भन्दै तलब, सेवा सुविधा पाउनुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका कर्मचारीहरू आन्दोलनमा ओर्लेका हुन् ।

नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको माग राख्दै नेकपा एमाले आबद्ध जनप्रतिनिधिहरूले असार १० मा हुने नगरसभा अहिलेसम्म हुन दिएका छैनन् ।

यता कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि ऐक्यबद्धता जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस