प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२७ पुस २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महोत्तरीको बलवा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालवीर ठाकुर, सब-इन्जिनियर, अनुगमन तथा उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

बलवा नगरपालिका वडा नं. ३ मा आ.व. २०७४-०७५ मा सडक ढलानको लागि विनियोजित रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

नगर कार्यपालिकाको कार्यालय अन्तर्गत रहेको परिक्रमा रोडदेखि ईदरिश नदाफको घर हुँदै विजलवा टोलको तारगाछीसम्म पी.सी.सी. र मुस्लिम सामुदायिक भवन निर्माण योजनामा नभए/नगरेको कार्यलाई भएको/गरेको भनी नापी गरी बदनियतपूर्वक कार्य सम्पन्न प्रतिवेदनमा रू. १,०८,९५३.२२ को कार्य बढी मूल्याङ्कन गरेर झुट्टा विल स्वीकृत गरी भुक्तानी गरेको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस