मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर अधिकारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको छ : गभर्नर अधिकारी


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन्।

सोमबार ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाडौँको एकीकृत कारोबार शुरु भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बैङ्क, वित्तीय संस्थाहरू मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरू स्वस्थ र सबल बन्ने उल्लेख गर्दै उनले मर्जरले ठुलो बन्दै गएपछि बैङ्कहरू स्वनियमनमा बस्नुपर्ने प्रस्ट्याए। बैङ्कहरूको लगानी अब राष्ट्रिय उत्पादनमा बढी प्राथमिकता हुनुपर्ने बताउँदै उनले साना कर्जालाई वित्तीय संस्थाले प्राथमिकता दिनुपर्ने धारणा राखे।

‘बैङ्कहरू ठुला र संस्थाहरू मर्जर भइराख्दा बैङ्क वित्तीय संस्था आफैँमा सेल्फ रेगुलेशनमा पनि बेसी जानुपर्ने, आफ्नै नियमन बढाउनुपर्ने, बैङ्कसँग भएको रिसोर्सलाई धेरै भन्दा धेरै उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने राष्ट्र बैङ्कले एक खालको नियम ल्याएको छ। त्यो नियम भन्दा पनि आफैँ प्रोएक्टिभ्ली राष्ट्रिय उत्पादनमा बढी लाग्नुपर्ने हाम्रो रिसोर्स परिचालनमा त्यो आवश्यकता हामीले देखेका छौँ। बैङ्क वित्तीय संस्थाहरूले सानो कर्जालाई प्रमोट गर्नुपर्छ,’ गभर्नर अधिकारीले भने।

Tags :
प्रतिक्रिया दिनुहोस