‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन’


२४ पुस २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर नभएको बताएका छन् । 

आइतबार बिहान सिंहदरवारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । 

सुरक्षा अङ्गको कार्यक्षमता पनि राम्रो भएको तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न नसकिएको बताए । यस पटकको सही नेतृत्व र सही व्यवस्थापन गर्ने उनको दाबी छ । 

उनले भने, ‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन । सुरक्षा अङ्गको कार्यक्षमता पनि राम्रो छ । तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न सकिएको छैन । यस पटक सही नेतृत्व र सही व्यवस्थापन गरिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस