नोटमा हस्ताक्षर गर्ने गभर्नर र अर्थ सचिवको मासिक तलबभत्ता कति हुन्छ ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नोटमा हस्ताक्षर गर्ने गभर्नर र अर्थ सचिवको मासिक तलबभत्ता कति हुन्छ ?


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिएको छ । 

गत आर्थिक वर्ष २०७८-७९ मा नेपाल राष्ट्र बैङ्कले गभर्नर महाप्रसाद अधिकारीलाई  १४ लाख १८ हजार ४०० रुपैयाँ तलब र ३ लाख ५ हजार बैठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

गत आर्थिक वर्षमा राष्ट्र बैङ्कको दुवै जना डेपुटी गभर्नरले १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब लिएका छन् । यस्तै डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले बैठक भत्ता २ लाख ७३ हजार बैठक भत्ता सहित गत आर्थिक वर्षमा कुल ४२ लाख  ६० हजार ११३ रुपैयाँ भुक्तानी लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले  पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब, २ लाख ९६ हजार रुपैयाँ बैठक भत्तासहित गत आर्थिक वर्षमा सेवा सुविधा बापत १२ लाख २ हजार १७ रुपैयाँ प्राप्त गरेको राष्ट्र बैङ्कको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

७ सदस्यीय राष्ट्र बैङ्क सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नरबाहेक अन्य चार सदस्य हुन्छन् । अर्थसचिव पनि राष्ट्र बैङ्क सञ्चालक हुने व्यवस्था रहेको छ । अन्य तीन जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।

अर्थसचिव सहित अन्य तीन जना सञ्चालकले भने तलब पाउँदैनन् । तर उनीहरूले बैठक भत्तासहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आव २०७८र७९ मा राष्ट्र बैङ्कका गभर्नर र डेपुटी गभर्नर तलबमा ३९ लाख ५७ हजार ६०० रुपैयाँ भुक्तानी भएको छ । यस्तै सञ्चालकको बैठक भत्ता १८ लाख ९५ हजार र सञ्चालकहरूको अन्य सेवा सुविधा बापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैङ्कले गभर्नर र डेपुटी गभर्नरको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा बापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस