काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न तीन बजेका लागि बैठक बोलाएका हुन् ।
प्रशासन बालुवाटार स्रोतका अनुसार महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने बताइएको छ ।
निर्वाचन आचारसंहिता अझै कायमै रहेकोले ठुला र महत्त्वपूर्ण हुँदैन कि भन्ने भएपनि सरकार अन्तिम अन्तिमतिर भएकोले रहलपहल निर्णयहरू पनि हुनसक्ने ती स्रोतको भनाइ छ ।