काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको बताए।
उनले भने, ‘यतिबेला अन्तर्राष्ट्रिय क्षेत्र ठूलो युद्धको भुमरीमा प्रवेश गर्न लागिरहेको देखिएको छ। भारत र पाकिस्तानबीच पनि समस्या सिर्जना भएको छ। हामी सार्क राष्ट्रमा रहेका, सार्क राष्ट्रको विशेष महत्त्वपूर्ण जिम्मेवारीमा रहेको नाताले सरकारले शान्ति स्थापना गर्नको लागि आफ्नो कूटनीतिक प्रयास चालोस्।