समानुपातिकमा एमालेको अग्रता कायमै, ८ दलले कटाए  मात्र २ प्रतिशत मत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समानुपातिकमा एमालेको अग्रता कायमै, ८ दलले कटाए  मात्र २ प्रतिशत मत


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ। 

निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म गणना भएको ५१ लाख ९४ हजार २५० मतमा ९ दलले मात्र २ प्रतिशत मत कटाएका छन्।

सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेले १४ लाख १२ हजार ६६५ मत पाउँदा नेपाली काँग्रेसले १३ लाख ४५ हजार ८२५ मत पाएको छ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ४३ हजार ५४८ मतसहित तेस्रो स्थानमा छ। 

चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। छैटौँमा जसपा र सातौँमा नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस