कर्मचारीले मतपत्र नदिएपछि रोकियो मतदान « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कर्मचारीले मतपत्र नदिएपछि रोकियो मतदान


४ मंसिर २०७९, आइतबार


दाङ । दाङको तुलसीपुर नगरपालिका १० को एक मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण मतदान प्रक्रिया रोकिएको छ ।

८२ जनाले प्रदेशसभातर्फमात्रै मतदान गरेपछि प्रतिनिधिसभातर्फको मतपत्र नदिइएको पाइएको छ ।

मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीले प्रतिनिधिसभातर्फको मतपत्र नदिँदा समस्या आएको बताइन् ।

अहिले उक्त मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस