मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक 


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा मंसिर १ बाट निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् । 

मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । मतगणनास्थलमा चाहिँ गणना नसकिएसम्म मदिरा बेचबिखन गर्न पाइँदैन । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । 

त्यस्तै, उपत्यकामा मंसिर ४ मा सवारी-साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड बाहेकका सवारी-साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए। तीनवटै जिल्ला प्रशासन कार्यालयले मंसिर १ र २ मा अत्यावश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित समाचार : उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के भयो छलफल ?

Tags :
प्रतिक्रिया दिनुहोस