उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के भयो छलफल ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के भयो छलफल ?


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको छ । यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चाहिँ हिँड्न दिइने उपाध्यायको भनाई छ ।

निर्वाचन लक्षित गरेर १ मंसिरदेखि ४ मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्री वितरणमा रोक लगाउने निर्णय पनि भएको उनले बताए ।

उपाध्यायका अनुसार निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न चाहिँ सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको छ ।

निर्वाचनका कारण १ र २ गते जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्ने शान्ति सुरक्षा, विपद्, निर्वाचन र मुद्दाबाहेकका सेवा प्रवाह स्थगित गर्ने पनि निर्णय भएको उपाध्यायले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस