२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधी

अ+ अ-

काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

अबिकष्अ
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे ।

कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए ।

मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १र१ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।

शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए ।

क्रिस जोर्डन र आदील राशिदले २-२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

इंग्ल्यान्डले दोस्रो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।