पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधी


२७ कार्तिक २०७९, आइतबार


काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो।

अबिकष्अ
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे ।

कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए ।

मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।

पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १र१ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।

शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहदा हरिस राउफले अविजित १ रन बनाए ।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए ।

क्रिस जोर्डन र आदील राशिदले २-२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

इंग्ल्यान्डले दोस्रो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस