पोखरा-जोमसोम रुटमा क्यामेरा राख्न प्राधिकरण र आविष्कार केन्द्रबीच समझदारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पोखरा-जोमसोम रुटमा क्यामेरा राख्न प्राधिकरण र आविष्कार केन्द्रबीच समझदारी


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । पोखरा-जोमसोम हवाई रुटमा क्यामरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । 

यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा आविष्कार केन्द्रले काम गर्ने भएको छ ।

यी क्यामेराबाट हवाई रुटमा मौसमसम्बन्धी जानकारी लिइने समेत प्राधिकरणको भनाइ छ । प्रस्थान र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाजहरू इनरुटमा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ । यसको न्यूनीकरण गर्न यस्ता क्यामरा उपयोगी हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस