२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातमा आएको अधिकार गुम्न दिन्नौँ : वरिष्ठ नेता पौडेल

अ+ अ-

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् ।

तनहुँको भानु नगरपालिका-६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे ।

संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।’ पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने बताए ।

पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै पौडेलले भने, ‘गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुन: गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मस्र्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।’

‘मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ’, पौडेलले भने । देश विकास र सुशासनका गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताए । जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भने, ‘बहुदल आएपछिका दिनमा गाउँ-गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस