२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरको व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । मंसिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी हेलिकोप्टरबाट पुर् याउने व्यवस्था गर्न माग गरिएको छ।

लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको हो।

मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले लिमीका तिल, हल्जी र जाङ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गर्न निर्वाचन आयोगलाई माग गरिएको बताए।

उनले गत असोजमा परेको बाक्लो हिमपात लिमी जाने बाटोमा अहिले पनि नपग्लिएका कारण कर्मचारी पैदल मार्गबाट लिमी जान नसक्ने अवस्था सिर्जना नभएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको जानकारी दिए।

लिमी जाने दुई वटा नाका चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ। हिमपातले गर्दा कर्मचारी र निर्वाचन सामग्री तीनवटै मतदान केन्द्रमा पुर्‍याउन अन्य विकल्प नदेखिएपछि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बाध्यता छ।

लिमीको एउटा मतदान केन्द्रका लागि मतदान र सहायक मतदान अधिकृतसहित सात जना कर्मचारी र आठ जना सुरक्षाकर्मी गरी ४५ जना खटिएका छन्।

जिल्लाबाट निर्णय गरेर निर्वाचन आयोगलाई हेलिकोप्टरको व्यवस्था गर्न माग पठाए पनि आयोगबाट हालसम्म कुनै जवाफ नआएको भए पनि यसका लागि आयोग सकारात्मक रहेको पाइएको पाइएको छ।

लिमीका तीन मतदान केन्द्रमा जम्म ५४१ मतदाता संख्या छ। हिमपातकै कारण लिमीमा मतदाता शिक्षा कार्यक्रम हालसम्म लागू हुन सकेको छैन भने दलका उम्मेदवार पनि हालसम्म प्रचारका लागि जान सकेका छैनन्।

दश दिनअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङको चार जनाको टोली भने न्यालुको हिउँ छिचोल्दै पाँच दिन लगाएर लिमी पुगेको थियो।