निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरको व्यवस्था गर्न माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरको व्यवस्था गर्न माग


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । मंसिर ४ को निर्वाचनका लागि नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी हेलिकोप्टरबाट पुर् याउने व्यवस्था गर्न माग गरिएको छ।

लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि मतदानका लागि खटिएका कर्मचारी पैदल जान नसक्ने अवस्था देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको हो।

मुख्य निर्वाचन अधिकृत डिलप्रसाद सापकोटाले लिमीका तिल, हल्जी र जाङ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गर्न निर्वाचन आयोगलाई माग गरिएको बताए।

उनले गत असोजमा परेको बाक्लो हिमपात लिमी जाने बाटोमा अहिले पनि नपग्लिएका कारण कर्मचारी पैदल मार्गबाट लिमी जान नसक्ने अवस्था सिर्जना नभएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको जानकारी दिए।

लिमी जाने दुई वटा नाका चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ। हिमपातले गर्दा कर्मचारी र निर्वाचन सामग्री तीनवटै मतदान केन्द्रमा पुर्‍याउन अन्य विकल्प नदेखिएपछि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने बाध्यता छ।

लिमीको एउटा मतदान केन्द्रका लागि मतदान र सहायक मतदान अधिकृतसहित सात जना कर्मचारी र आठ जना सुरक्षाकर्मी गरी ४५ जना खटिएका छन्।

जिल्लाबाट निर्णय गरेर निर्वाचन आयोगलाई हेलिकोप्टरको व्यवस्था गर्न माग पठाए पनि आयोगबाट हालसम्म कुनै जवाफ नआएको भए पनि यसका लागि आयोग सकारात्मक रहेको पाइएको पाइएको छ।

लिमीका तीन मतदान केन्द्रमा जम्म ५४१ मतदाता संख्या छ। हिमपातकै कारण लिमीमा मतदाता शिक्षा कार्यक्रम हालसम्म लागू हुन सकेको छैन भने दलका उम्मेदवार पनि हालसम्म प्रचारका लागि जान सकेका छैनन्।

दश दिनअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङको चार जनाको टोली भने न्यालुको हिउँ छिचोल्दै पाँच दिन लगाएर लिमी पुगेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस