चुनावका लागि कर्मचारी छनोटमा त्रुटि भएको भन्दै तत्काल सच्याउन माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चुनावका लागि कर्मचारी छनोटमा त्रुटि भएको भन्दै तत्काल सच्याउन माग


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले पदअनुसार शिक्षकहरूलाई निर्वाचनमा जिम्मेवारी दिन माग गरेको छ।

समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी छनोटमा त्रुटि भएको भन्दै तत्काल त्रुटि सच्याउन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय चौतारालाई ध्यानाकर्षण गराएको हो।

सोमबार जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘शिक्षक कर्मचारी परिचालन सम्बन्धमा कार्यालयले मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटको क्रममा त्रुटि भएको छ।’

समितिका अनुसार उक्त कर्मचारी छनोट प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा ११ को उप दफा २ अनुसार हुनुपर्ने थियो।

तर,उक्त दफा अनुसार शिक्षक कर्मचारी परिचालन गरिएको छैन। ‘गम्भीर त्रुटि देखिएको सो प्रति हाम्रो ध्यानाकर्षण भएको र उक्त कुरालाई सच्याउन अनुरोध गर्दै छौँ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस