ट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्राफिक नियम पालना नगर्ने २० वटा स्कुल बस कारबाहीमा


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ ।

स्कुल बस निर्देशिका–२०७४ अनुसार सञ्चालन नगर्ने २० वटा स्कुल बस नियन्त्रणमा लिएर १५ दिनभित्र मापदण्ड पूरा गर्ने गरी छाडिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार गरिएको चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएको एक, बसको झ्यालमा डण्डी नराख्ने १०,कागजपत्र साथमा नराख्ने ४ वटा र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५ वटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो ।

विशेष गरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने सवारी साधन सञ्चालन गर्दा दुर्घटना समेत बढी हुने गरेकाले मापदण्ड विपरीत स्कुल बस सञ्चालन नगर्नु काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए नभएको निरन्तर अनुगमन गरिने साथै मापदण्ड विपरीत सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस